कञ्चनपुरमा नक्कली परिक्षार्थी बनेका फरार प्रतिवादी पक्राउ
धनगढीः कञ्चनपुरमा फागुन २२ गते भएको प्रहरी जवानको परिक्षामा नक्कली परिक्षार्थी बनेका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रको परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा किर्ते गर्ने बझाङको तलकोट गाउँपालिका–२ का दिपेशबहादुर ऐडी पक्राउ परेका हुन।
उनलाई बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुर बजारबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।