सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजधानी र नामाकरणमा असन्तुष्टि जनाउँदै डोटीमा घर–घरमा कालो झण्डा

२०७५ असोज १०, ०६:१३

७ नम्वर प्रदेशको राजधानी र नामाकरणका लागि गठित सुझाब समितिले प्रदेशका जनताको भावना बिपरित एकलौटि तवरले प्रदेश सभामा प्रतिवेदन पेश गरेको भन्दै डोटीमा पनि आन्दोलन हुने भएको छ।

आज भएको बैठकले आज घरघरमा बिरोध स्वरुप कालो झण्डा टाग्ने, भोली बिरोध ¥याली सहित जिल्ला प्रशासनमा कोण सभा गर्ने, पिपल्ला बजारमा बिरोध प्रदर्शन सहित कोणसभा गर्ने र असोज १२ गतेदेखि अनिश्चितकालिन डोटि बन्द गर्ने निर्णय भएको आन्दोलनका अगुवा तथा डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक वहादुर खड्काले जानकारी दिए।

कमेन्ट लोड गर्नुस