फेरियो असहाय बालवालिकाको जीवन
बाजुराको बडीमालिका नगरपालिका ५ मना गाउँमा बिच्चलीमा परेका पाँच भाइबवहिनिलाई एसोएस बालग्राह्म नेपालले उद्धार गरेको छ। एसोएस वालग्राम भक्तपुरमा पाँचै जनालाई पालनपोषण र शिक्षादिक्षा दिनका लागि उद्धार गरिएको एसोएस वालग्राम नेपालका निर्देशक सिताराम सुबेदीले वताए।
बाबुको क्यान्सरका कारण मृत्यु र आमाले पनि अर्कैसंग विहे गरेर छोडेपछि पाँच वालवालिका बिचल्लीमा परेका थिए। बडिमालिका नगरपालिका वडा नम्वर ५ मना गाँउका पाँच जना बालबालिका अभिभावक बिहिन भई बिचल्लीमा परेको समचार दिनेश एफएममा प्रशारण र दिनेश खवरमा प्रकाशन भएको थियो।
तीन वर्षअघि राम बहादुर साउदको क्यान्सरका कारण ४३ वर्षको उमेरमा मृत्यु भएको थियो। पतिको मृत्यु भएको १० महिना नपुग्दै पत्नी बिर्मा साउदले अर्को विवाह गरेपछि पाँच भाईबहिनी विचल्लीमा परेका थिए।
१३ वर्षीय पर्वीता, ११ वर्षीया सोबिना, ९ वर्षीया अस्मिता, ७ वर्षीय सुवास र ४ वर्षीय रोशन बेवारिसे भएका थिए। उनीहरुलाई विभिन्न व्यक्ति र सस्थाले ५ लाख आर्थिक सहयोग पनि गरेका थिए।
यो पनि पढ्नुहोस
१) अस्पताल जान्छु भनेर गएकी आमा नफर्किदा (भिडियो सहित)
२) बुबाको मृत्यु र आमाले अर्को बिहे गरेपछि पाँच भाई बहिनी बिच्चलीमा