अस्पताल जान्छु भनेर गएकी आमा नफर्किदा (भिडियो सहित)
अनाथका पीडा : भाग ०२
बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर– ५ मना गाउँका राम बहादुरको क्यान्सरका कारण मृत्यु भएको १० महिना मात्रै भएको थियो । सोही बेला उनकी श्रीमती बिर्मा साउँद १३ बर्षीय छोरी प्रविता सहित ५ जना छोराछोरीसँग उपचारका लागि अस्पताल जान्छु भन्दै गईन् । बाजुरा संवाददाता प्रकास सिहको प्रश्नमा प्रविताले रुँदै भनिन्, ‘अस्पताल जान्छु भनेर गएकी आमा अर्को पोईल गएकी रै’छ’ अव आफु सहित चार भाई बहिनीलाई खान लगाउन पनि समस्या भईरहेको छ । आफै अर्काको सहारामा बस्ने बेला पोईल गएकी आमाको खोजी गर्न सक्ने कुरै भएन ।
कुराकानी गर्ने बेला आँखाबाट तप्प आँसु निकाल्दै प्रविताले भनिन्, –‘साना भाई बहिनीलाई भोकै बसाउन परिरहेको छ, साहेद मेरा पनि आमा बुबा भएको भए मैले पनि स्कुल पढ्न पाउँथे, राम्रो–राम्रो खान लगाउन पनि पाउँथे ।
अस्पताल जान्छु भनी गएकी आमाको बाटो कुर्दाकुर्दा प्रविता र उनका चारजना भाई वहिनीको आँखा थाकिसक्यो तर बिर्मा फिर्ता भईनन् ।
धेरैपछि बिर्माले अर्को विहे गरिसकेको थाह पाएपछि ५ भाई बहिनीसँग भक्कानिएर रुनको विकल्प थिएन् । बुवाको मृत्यु र आमा पोइल गएपछि १३ बर्षीय प्रविता साउँद, ११ बर्षीया सोविना साउँद, ९ बर्षीया अस्मिता साउँद, ७ बर्षीय सुवास साँउद र ४ बर्षीय रोशन साउँद बिच्चलीमा परेका छन् । अहिले उनीहरुको पीडामा मल्हम लगाउने भन्दा पनि नूनचूक छर्किनेको भीड बढि छ । स्कुलमा पढ्न जाँदा होस् वा गाउँघरमै भएका बेला पनि प्रविता र उनका भाई बहिनीलाई धेरैले हेलाको पात्र बनाउने गरेका छन् ।
यो पनि पढ्नुहोस ।
बुबाको मृत्यु र आमाले अर्को बिहे गरेपछि पाँच भाई बहिनी बिच्चलीमा