सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका स्थानीय तहको शिक्षा शाखामा इ–लाइब्रेरी

२०७७ चैत्र ५, ०४:०३ रासस

बझाङ: यहाँका स्थानीय तहको शिक्षा शाखामा तहका इ–लाइब्रेरी स्थापना गर्ने भएको छ । 

साझा शिक्षा इ–पाटी नामक गैरसरकारी संस्थाले जिल्लाका १२ वटै स्थानीय तहका शिक्षा शाखामा इ–लाइब्रेरी स्थापना गर्न लागेको हो । संस्थाले बझाङका ४३ वटा विद्यालयमा ९५० ल्यापटप पनि वितरण गरिसकेको छ । 

स्थानीय तहको शिक्षा शाखामा स्थापना गर्न लागिएको इ–लाइब्रेरीमा कक्षा १ देखि ८ सम्मका डिजिटल शैक्षिक सामग्री राखिने बताइएको छ । साझा शिक्षा इ–पाटीका सिनियर मेनेजर टीकाराज कार्कीले उक्त लाइब्रेरीबाट विद्यार्थीले अध्ययन सामग्री डाउनलोड गर्न सजिलो हुने बताए । 

उनका अनुसार इ–लाइब्रेरीमा आठ हजार पुस्तक, १५ हजार अडियो र १२ हजार भिडियो सामग्रीसहित ब्रिटिस काउन्सिललगायतका अभ्यास सामग्री पनि राखिने छ । इ–लाइब्रेरीमा अनलाइन र अफलाइनमा काम गर्न सकिने बताइएको छ।

कार्कीका अनुसार अहिलेसम्म बझाङका १० स्थानीय तहका शिक्षा शाखामा इ–लाइब्रेरी स्थापना भइसकेको र चैतभित्र बाँकी दुई स्थानीय तह केदारस्यू र बित्थडचीर गाउँपालिकामा जडान गर्न सकिने उनले जानकारी दिए । 

कमेन्ट लोड गर्नुस