सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुपर लिगः धनगढीको मुख्य प्रशिक्षकमा फुजा

२०७७ चैत्र ५, ०३:२४ खबर संवाददाता

काठमाडौं:  नेपाल सुपर लिगका लागि फ्रेन्चाइज टोली धनगढी एफसीले नाइजेरियाली नागरिक तोपे अयोडेजी फुजालाई प्रशिक्षकमा अनुबन्ध गरेको छ।

गो ड्रिमर्स प्रा.लि.को स्वामित्वमा रहेको धनगढी एफसीले २०७५ सालमा शहिद स्मारक ए डिभिजन लिगको उपाधि जिताएका फुजालाई प्रशिक्षकमा अनुबन्ध गरेको प्रेस विज्ञप्ती मार्फत जनाएको हो।

फुजाकै नेतृत्वमा मनाङ मर्स्याङ्दी क्लबले २०७५ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । जुन शीर्ष श्रेणीको लिगमा मनाङको कीर्तिमान आठौं उपाधि थियो।

सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रुपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ए डिभिजन लिग डेब्यू मछिन्द्र क्लब (२००६) बाट गरेका थिए।

त्यसपछि भारतमा व्यस्त रहेका उनले सिमला योङ, मुम्बई युनाइटेढ, पियरलेस, हिन्दुस्तान एफसी, टलिगन्ज अग्रगामी, मोहम्मडन स्पोटिङ र चेन्नाई एफसीको टिम सम्हालेका थिए । उनी मनाङको जिम्मेवारीमा नेपाल फर्किएका थिए। गत वर्ष २०७६ मा पनि मनाङमै रहेका थिए, जुन सिजन मनाङ लिगमा तेस्रो भएको थियो।

कमेन्ट लोड गर्नुस