सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा शैक्षिक सुधारका लागि २ सय ८ विद्यालयको आवेदन

२०७७ चैत्र ५, ०२:१३ खबर संवाददाता

धनगढी: बैतडीमा शैक्षिक सुधारका लागि २ सय ८ विद्यालयको आवेदन परेको छ । जिल्लामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि २ सय ८ विद्यालयको आवेदन परेको हो । 

जिल्लाका १० वटै पालिकाका उक्त विद्यालयहरुले भवन निर्माण, कक्षाकोठा मर्मत, खेल मैदान तथा सामग्री, कम्प्युटर तथा सूचना प्रविधि, कम्प्युटर ल्याब, खानेपानीलगायतका शीर्षकमा आवेदन दिएको बताइएको छ । 

शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले विद्यालयको आवेदनपश्चात् पालिकाले निर्णय गरी सङ्घीय सरकारलाई पठाएको जनाएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशक समितिले तयार पारेका कार्ययोजनाको आधारमा छनौट गरी २५ लाख रुपैयाँसम्म बजेट विनियोजन गरिने बताइएको छ ।

यस्तै दार्चुलामा पनि शैक्षिक सुधारका लागि ७९ विद्यालयको आवेदन परेको छ ।

कमेन्ट लोड गर्नुस