सहकार्य र समन्वयबाट भ्रष्टाचार न्यूनीकरण : सीडीओ अधिकारी
बझाङ: जिल्ला प्रशासन कार्यालय बझाङले भ्रष्टाचार न्यूनीकरण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन आह्वान गरेको छ।
आपसि सहकार्य र समन्वयबाट मात्र भ्रष्टाचार न्यूनीकरण हुने कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी(सीडीओ) मोहन अधिकारीले जिल्लाका सरोकार पक्षसँग सोमबार परिचयात्मक तथा छलफल आयोजना गरी सो आग्रह गरेका हुन।
उनले आमनागरिकले महसुस गर्ने गरी जिल्लामा शान्तिसुरक्षाको प्रबन्ध मिलाउने र जिल्लाको समग्र विकासका लागि सबै क्षेत्रसँग समन्वय र छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
छलफल कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीले अधुरा रहेका कामबारे समेत प्रजिअलाई जानकारी गराएका थिए।