सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशको खेलकुद परिषदको सदस्य सचिवमा दिपक सिंह

२०७७ चैत्र २, ०८:५५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको खेलकुद परिषदको सदस्य सचिवमा दिपक सिंह नियुक्त भएका छन्।

सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदको शनिबार बसेको बैठकले सिंहलाई सुदूरपश्चिम प्रदेशको खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

सिंह कैलाली जिल्ला खेलकुद विकास समितिको पूर्व अध्यक्ष समेत हुन्। मङ्गलबार बिहान ११ बजे सिंहको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको सामाजिक मन्त्रालय स्रोतले जनाएको छ।

कमेन्ट लोड गर्नुस