सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको थलारा गाउँपालिकाका सबै वडामा नमूना वस्ती निर्माण गरिने

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर । फोटो स्रोत ।
२०७७ चैत्र २, ०४:२० रासस

बझाङ: थलारा गाउँपालिकामा ‘सबैको साथ सबैको सम्मान, विभेदरहित समाज निर्माणका लागि हाम्रो अभियान’ भन्ने नारासहित राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपालले अन्तरक्रिया कार्यक्रम गरेको छ । 

गाउँपालिकाको आर्थिक सहयोग र आरडिएनको आयोजनामा उक्त कार्यक्रम आइतबारदेखि सुरु गरिएको संस्थाका सहजकर्ता शेरबहादुर ओखेडाले बताएका छन् । दलितका समस्या पहिचान गर्ने, नमूना वस्ती निर्माण गर्ने र पूर्ण सरसफाइका लागि थलारा गाउँपालिकाभरिका नौवटै वडामा अन्तरक्रिया कार्यक्रम गरिने भएको हो । 

सो कार्यक्रमबाट गाउँपालिकाभित्रका प्रत्येक वडामा एक दलित वस्तीलाई नमूना वस्ती बनाउने लक्ष्य रहेको आरडिएनका केन्द्रीय सदस्य तथा थलारा गाउँपालिकाका कार्यपालिका सदस्य श्याम सुनारले जानकारी दिए । अन्तरक्रियामा लम्बा र झपालीलाई नमूना वस्ती निर्माण गर्ने निर्णय भएको जनाइएको छ । 

चैत १५ गतेभित्र गाउँपालिकाभरिका नौवटै वडामा नमूना वस्ती निर्माण तथा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्न अन्तरक्रिया कार्यक्रम गर्ने आरडिएनका सहजकर्ता ओखेडाले बताए ।

कमेन्ट लोड गर्नुस