सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना

फोटो : सुदूरआज
फोटो : सुदूरआज
२०७७ फाल्गुन २६, ०४:१५ खबर संवाददाता

अछाम: अछाममा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको मेल्लेख गाउँपालिकामा भएको दुर्घटनामा परी १५ जना विद्यार्थी घाइते भएका छन्। 

मेल्लेख गाउँपालिका–७ नन्देगडाको दुपाल्तमा से१त ३१५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख तुल्सीराम अर्यालले बताए। 

मेल्लेख गाउँपालिका स्तरिय राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता हेरेर फर्किने क्रममा दुर्गादेवी माध्यमिक विद्यालयका विद्यार्थी चढेको ट्याक्टर दुर्घटनामा परेको उनले बताए। 

दुर्घटनामा घाइतेभएका ११ जना उपचारपछि घर फर्किएका छन् भने ४ विद्यार्थीको वयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। 

कमेन्ट लोड गर्नुस