बाजुरामा पनि देखियो चितुुवा, सचेत रहन आग्रह
२०७७ फाल्गुन २६, ०९:१२
धनगढीः बैतडीमा चितुवाले आक्रमण गरि महिलालाई घाइते बनाएका बेला बाजुरामा जिल्लामा समेत चितुवा देखा परेको छ।
जिल्लाको बडिमालिका नगरपालिका–६ को बिरेखोला पुल नजिकै मंगलबार साँझ २ वटा चितुुवा देखा परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले स्थानीय लोड्दुक ओढारमा चितुवा देखा परेकाले सचेत रहन सबैलाई आग्रह पनि गरेको छ।
सम्भावित अप्रिय घटना हुन नदिन प्रहरी सहायक निरीक्षक धन सिंह धामीको नेतृत्वमा प्रहरी टोली समेत परिचालन गरिएको बताइएको छ।
कमेन्ट लोड गर्नुस