सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको पार्टी कार्यालयमा पनि नेकपा एमालेको ब्यानर टाँगियो

२०७७ फाल्गुन २५, ०५:२५ खबर संवाददाता

दार्चुला :  नेकपा पार्टी कार्यालय दार्चुलामा नेकपा एमालेको ब्यानर टाँगिएको छ।

आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमालेले जिल्ला पार्टी कार्यालयमा ब्यानर राखेको हो। 

नेकपा एमाले जिल्ला कमिटी दार्चुलाका उपाध्यक्ष उदयसिँह बडाल, पार्टी सचिव ज्ञानेन्द्र घर्ती, पार्टी उप सचिव चरन सिंह बुढाथोकी, प्रचार विभाग प्रमुख खडक सिंह बडाल लगायतको उपस्थितीमा पार्टी कार्यालययमा ब्यानर राखिएको हो।  

धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको थियो। सोहीक्रममा दार्चुलामा पनि एमालेको ब्यानर राखिएको हो।


 

कमेन्ट लोड गर्नुस