सुदूर नेपाललाई विश्वसँग जोड्दै

“बोल ओली बोल, निर्मलाको हत्याको पोल खोल” (भिडियो सहित)

२०७५ असोज ४, ०२:१९

कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना हुँदा समेत हत्यारा पत्ता लगाउन सरकार असफल भएपछि त्यसको चौतर्फी आलोचना भईरहेको छ । घटनाको अनुसन्धानमा प्रहरीले नै सहयोग नगरेको र घटनाले अर्कै मोड लिएको भन्दै सरकारलाई विभिन्न तरिकाले खबरदारी भईरहेका बेला डडेल्धुराका एक जना युवाले गीत मार्फत खबरदारी गरेका छन् । डडेल्धुरा यातायात मजदुर सघंका अध्यक्ष राजन तामाङले बोल ओली बोल निर्मलाको हत्याको पोल खोल भन्ने बोलको मार्मिक गीत गाएका छन । गीत मार्फत निर्मलाका हत्यारालाई कारवाही र देशका जनतालाई शान्तिको अनुभुती दिन आग्रह गरिएको छ । 
 

कमेन्ट लोड गर्नुस