दार्चुलाका नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा जोशी
दार्चुला: जिल्ला प्रशासन कार्यालय दार्चुलामा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा सिद्धराज जोशी दार्चुला आएका छन्।
यसअघि प्रमुख जिल्ला अधिकारी रहेका शरद कुमार पोखरलेको जिल्ला प्रशासन कार्यालय मोरङ सरुवा भएपछि जोशी दार्चुला आएका हुन्। गृह मन्त्रालयबाट सिद्धराज जोशीलाई नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा दार्चुला पठाइएको हो।
प्रजिअ जोशीले आइतबारदेखि कार्यालय सम्हालेका छन्। बझाङ घर भएका जोशीले आइतबार प्रशासनका कर्मचारीहरुबाट कार्यालयको बस्तुस्थितीका बारेमा जानकारी लिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।