दार्चुलामा ८ हजार भन्दा बढी जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप दिइँदै
दार्चुला: दार्चुलामा यहि फागुन २३ गतेदेखि २७ गतेसम्म ७८ वटा खोप केन्द्रबाट ६५ वर्षमाथिका जेष्ठ नागरीकहरुलाई कोराना विरुद्धको खोप दिइने भएको छ।
जिल्लाका दुई नगरपालिका तथा ७ वटा गाउँपालिकाहबाट झण्डै ८ हजार ५ सय ७१ जना जेष्ठ नागरीकहरुलाई खोप लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र प्रसाद भट्टले बताए।
जिल्लाभरी जेष्ठ नागरिकहरुलाई खोप दिने स्वास्थ्कर्मीहरुको संख्या ८४ जना रहेका छ। स्वास्थ्यकर्मीहरुलाई सम्बन्धित खोप केन्द्रमा तालिम दिएर पठाइएको छ।
खोप लगाउनका जिल्लाभर २६१ जना स्वयसेवकहरुलाई खटाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।