बाजुरामा घर निर्माण गर्ने क्रममा ढुंगा लागेर एक जनाको मृत्यु
२०७७ फाल्गुन २२, ११:५८
बाजुरा: बाजुराको जगन्नाथ गाउँपालिका–५ पारी गाउँमा घर निर्माणका क्रममा खसेको ढुंगा लागेका एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिका–५ पारि गाउँका स्थानीय ४५ वर्षीय ददी सार्की रहेका छन्। शुुक्रबार दिउँसो सार्कीको घटनास्थलमै मृत्यु भएको स्थानीले बताए।
सोही घर निर्माणका क्रममा मजदुर काइरे तिरुवा सामान्य घाइते भएका छन्।
कमेन्ट लोड गर्नुस