सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत २५ गतेभित्र गरिसक्नुपर्ने

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन २०, ०२:२९ खबर संवाददाता

धनगढी : बैतडीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत २५ गतेभित्र गरिसक्नुपर्ने भएको छ ।

यहाँका १० वटै स्थानीय तहहरूलाई चैत २५ गतेभित्र उक्त प्रतियोगिता सम्पन्न गरिसक्न जिल्ला खेलकुद विकास समितिले पत्रमार्फत आग्रह गरेको हो । 

स्थानीय तहमा प्रतियोगिता सम्पन्न भएपछि १२ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मिति निर्धारण गरिने जनाइएको छ । 

सो प्रतियोगितामा सम्बन्धित स्थानीय तहका माध्यमिक तहमा अध्ययनरत १८ वर्षमुनीका छात्रछात्राहरुले भाग लिन  पाउने बताइएको छ ।


 

कमेन्ट लोड गर्नुस