सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैद्यनाथ धाम मन्दिर कटानको उच्च जोखिममा

२०७४ चैत्र १३, ०२:२६

नेपालका चार धाममध्येको एक अछामको वैद्यनाथ धाम मन्दिर कटानको उच्च जोखिममा परेको छ । धार्मिक तथा ऐतिहासिक वैद्यनाथ मन्दिर नजिकै भएर बग्ने बूढीगंगा नदीले वर्षेनी कटान गर्दै गएको छ।

कटान रोक्नका लागि धेरै पहल भए पनि प्रभावकारी हुनसकेको छैन्। विसं १९८६ मा छिपेखोला आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको थियो। मन्दिर क्षेत्रका सबै संरचना बगाए पनि त्यहाँ रहेको शिवलिङ्ग भने यथास्थानमै फेला परेको बताइन्छ।

शिवलिङ्ग फेला परेपछि फेरि मन्दिर स्थापना गरी पूजाआजा गर्ने कार्य शुरु गरिएको थियो। नदीले वर्षेनी मन्दिर क्षेत्रको जमीन कटान गर्न थालेपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।

विगतमा जलउत्पन्न प्रकोप कार्यालय र तत्कालीन जिल्ला विकास समितिका पहलबाट कटान रोक्न प्रयास गरे पनि प्रभावकारी भएन्। अहिले नयाँ लागत अनुमान गरेर कटान रोक्नका लागि पहल भइरहेको वैद्यनाथ लक्ष्य हवनात्मक अर्धकुम्भ महोत्सवका उपाध्यक्ष डण्डिराज जोशीले बताए।  

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कँुवरले वैद्यनाथ क्षेत्रको कटान रोक्न पहल गरिने बताए। 
रासस
 

कमेन्ट लोड गर्नुस