सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको एक विद्यालयका छात्राहरु बेहोस हुन थालेपछि...

२०७७ फाल्गुन १८, ०१:५२ खबर संवाददाता

दार्चुला: दार्चुलाको नौगाड गाउँपालिका–४ मा रहेका गणेश विनायक माध्यमिक विद्यालय सिप्टीमा अध्ययनरत छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ। 

केही दिनयता दैनिकरुपमा ५/६ जना छात्राहरु बेहोस हुने समस्या देखिएपछि फागुन २० गतेसम्म २ दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक कल्यानसिंह धामीले बताए। 

करिब एक हप्तादेखि माविमा अचानक छात्राहरु रुने, कराउने, काप्ने र बेहोस हुने समस्या देखिएको उनले बताए। 

सुरुमा ९/१० कक्षामा अध्ययनरत छात्राहरुमा यस्तो समस्या देखिएकोमा पछिल्लो सयम आधारभुत कक्षाका छात्राहरुमा पनि समस्या देखिन थालेको छ। 

छात्राहरु बेहोस भएपछि स्थानीय स्वास्थ्य संस्थामा लैजादा कुनै रोग नदेखिने तर विद्यालयमा एकाएक रोइकराइ गरेर बेहोस हुने अवस्था देखिएपछि स्थानीयहरुसँग छलफल गर्न विद्यालय बन्द गरिएको प्रधानाध्यापक धामीले बताए।

यसअघि दार्चुलाका विभिन्न विद्यालयहरुमा छात्राहरु बेहोस हुन थालेपछि क्षमा पुजा गरिएको स्थानीयले बताएका छन्। 

कमेन्ट लोड गर्नुस