विप्लव पार्टी शान्तिपूर्ण राजनीतिमा आउने प्रक्रियामा छ : प्रवक्ता गुरुङ
काठमाडौं: सरकारका प्रवक्ता सञ्चार, तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीतिमा आउने प्रक्रियामा रहेको बताएका छन्।
सोमबार आयोजित सरकारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ताले विप्लवसँगको वार्ता नजिक भइरहेको बताए।
उनले भने, ‘कुनैपनि हिंसात्मक गतिविधि नगरौ भन्ने नेपाल सरकारको आह्वान हो, सबै मूलधारमा आउनुपर्छ। विप्लव पार्टी पनि शान्तिपूर्ण राजनीतिमा आउने प्रक्रियामा छ। वार्ता नजिक नजिक भइरहेको छ। वार्ताको टुंगो लाग्ने बेला सार्वजनिक हुनेछ। सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो ठाउँबाट आह्वान गर्नुभएको छ।’