सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भीरबाट धकेलेर महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ

२०७७ फाल्गुन ६, १२:०६ खबर संवाददाता

दार्चुलाः दार्चुलामा भीरबाट धकेलेर महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा जिल्लाको नौगाड गाउँपालिका–६ धुलीगडाका २८ वर्षीय अगबरसिह बोहरा रहेका छन्। उनलाई सोही वडाको गडिगाडबाट बिहीबार बिहान ५ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

बोहराले धुलीगडाकै २५ वर्षीया अम्मरा खत्रीको भीरबाट धकेलेर हत्या गरेको प्रहरीको अनुसन्धाले देखाएको छ। 

खर काट्न गएकी महिलालाई बोहराले लात्ताले हानेर भीरबाट धकेलेको भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए। 

मानसिक सन्तुलन ठीक नभएका ती पुरुषमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस