सुदूर नेपाललाई विश्वसँग जोड्दै

द्रुत मार्गको सपना बुन्दै बनाएका बगैंचामा फलेको कृषि उपज हरेक वर्ष कुहिन्छ

गड्सेरा, तस्वीर :  खेम बोहरा
गड्सेरा, तस्वीर : खेम बोहरा
२०७५ भदौ ३०, ०७:०५

धनगढीदेखि दिपायल सम्मको ९६ किलोमिटर दुरीको द्रुत मार्ग निर्माण होला र उर्वर भुमिमा उत्पादन भएको कृषि उपजले सहजै बजार पाउला भन्ने सपना बुनेको दशक वितेपनि किसानहरुको त्यो सपना पुरा नभएको हो। डोटीको दक्षिण क्षेत्रका किसान र कैलालीको पहाडी क्षेत्रका किसानले सुन्तला, अमिलो, कागती, अदुवा, मह, दाल, लगायत कृषिजन्य वस्तु उत्पादन गर्ने भएपनि सडक सुविधा नभएकै कारण उक्त उत्पादनले बजार पाउन सकेको छैन्।

डोटी गड्सेराका किसान फडेन्द्र भण्डारीले द्रुत मार्गको सपना बुन्दै बनाएका बगैंचामा फलेको कृषि उपज हरेक वर्ष कुहिने गरेको बताए। डोटीको शिखर नगरपालिका, बोगटान, बडीकेदार, केआईसिंह र जोरायल गाउँपालिका तथा कैलालीको चुरे गाउँपालिकमा किसानले व्यावसायिक कृषि उपजका सामग्री उत्पादन गर्ने भएपनि बजारीकरण भने हुन नसकेको हो। यस क्षेत्रका किसान भारी बोकेर गैरा, बुडर, सहजपुर, विपिनगर, शिवनगर, अत्तरीया लगायतका बजारमा कृषि उपज पुगाउने गरेका छन् तर किसानहरुले मेहेनत अनुसारको मुल्य पाउन सकेका छैनन् ।

बर्षातको बेला अन्य ग्रामिण सडक पनि पुर्ण रुपले बन्द हुने गरेकाले कृषि उपज बारीमै कुहिने समस्या रहेको किसान तिर्थराज भट्टले बताए। दुत मार्ग निर्माण भए मात्रै किसनाहरुले बार्षिक लाखौ आम्दानी गर्न सक्ने अर्का किसान चेतवहादुर शाहीले बताए।
धनगढी दिपायल द्रुत मार्ग निर्माण भए डोटी र कैलाली जिल्लाका किसानहरुले कृषिबाटै आत्मनिर्भर बन्न सक्ने पर्याप्त सम्भावना रहेको छ।

बर्षातको बेला तराई क्षेत्र डुवानमा पर्ने भएकाले तराईमा आवश्यक तरकारीको आपुर्ती पहाडी क्षेत्रबाट गर्न सकिने सम्भावना रहेको छ। तर त्यस्का लागि धनगढीदेखि दिपायल सम्मको मार्ग खुल्ला हुन आवश्यक रहेको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका निमत्त सचिव यज्ञराज जोशीले बताए। 
नेताहरुले हरेक चुनावमा द्रुत मार्गलाई प्रमुख एजेण्डा बनाउने र राजनीतिक खितातानी गर्दै योजनालाई अन्योलताको भुमरीमा फसाउने मात्रै गरेकाले सो क्षेत्रका किसानहरुमा निराशा बढ्दै गएको छ। द्रुत मार्गले जोडेको अधिकासं क्षेत्रमा सिचाईको पनि सुविधा भएकाले तरकारी, फलफुलसंगै अन्य कृषि उपजको उत्पादनको लागि निकै राम्रो सम्भावना रहेको छ।

द्रुत मार्ग निर्माण भए रोजगारीका लागि भारत लगायतका विभिन्न देशमा जानुपर्ने बाध्यता पनि हट्ने थियो भने आफ्नै क्षेत्रमा उत्पादन भएको कृषि उपजले सो क्षेत्रमा समृद्धिको मार्ग तय गर्ने भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका निमत्त सचिव जोशीले बताए। 
प्रदेश ७ को उर्वर भुमिलाई सदुपयोग गर्नसके कृषिबाटै समृद्धि सम्भव छ। तर प्रदेश ७ को झण्डै ८४ प्रतिशत जनसङख्यामा कृषिमा आधारीत भएपनि परम्परागत रुपमा निर्वाहमुखी खेती प्रणालीका कारण त्यसबाट पर्याप्त फाईदा लिन सकिएको छैन्। तर पर्याप्त कृषि उपज उत्पादन भईरहेको क्षेत्रमा पनि सडक जस्ता अपरिहार्य पुर्वाधारको विकास नहुँदा बर्षाैदेखि किसानहरु उत्पादन भएको कृषि उपज बारीमै कुहिएको दृष्य हेर्न बाध्य छन्। 
सम्बन्धित समाचारहरु

१) द्रुत मार्ग ओझेलमा पार्न राजनीतिक चलखेल

२)धनगढी–दिपायल द्रुत मार्गको मुद्धा अर्को चुनावमा पनि ल्याए नेताहरुलाई गाउँ छिर्न नदिने चेतावनी

३)द्रुत मार्गको काम सुस्त गतिमा

कमेन्ट लोड गर्नुस