सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिवरात्रीको अवसरमा दार्चुलामा खुल्ला क्रिकेट प्रतियोगिता हुने

२०७७ फाल्गुन ५, ०३:३७ खबर संवाददाता

धनगढी: महाशिवरात्रीको अवसरमा दार्चुलामा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । 

जिल्लाको मालिकार्जुन गाउँपालिकामा खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिता यही फागुन १३ गतेबाट १५ गतेसम्म सञ्चालन हुने बताइएको छ । 

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार ५ सय ५५, दोस्रो हुने टिमले ११ हजार १ सय ११ नगदसहित मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगिता नकआउटका आधारमा हुने जनाइएको छ ।  

कमेन्ट लोड गर्नुस