सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भीरबाट धकेलेर महिलाको हत्या

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन ५, ११:२५ खबर संवाददाता

दार्चुला: दार्चुलामा भीरबाट धकेलेर एक महिलाको हत्या गरिएको छ। 

जिल्लाको नौगाड गाउँपालिका–६ धुलीगडाकी २५ वर्षीया अम्मरा खत्रीको सोही ठाउँका २८ वर्षीय अगबरसिह बोहराले भीरबाट धकेलेको प्रहरीले जनाएको छ।  

खर काट्न गएकी महिलालाई बोहराले लात्ताले हानेर भीरबाट धकेलेको भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए। 

मानसिक सन्तुलन ठीक नभएका ती पुरुषको खोजी कार्य भइरहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस