चण्डीका ग्रुप एलपिएल–५ मा सह–प्रायोजकको रुपमा डिस होम जोडियो
धनगढी : फागुन १४ गतेदेखि २४ गतेसम्म धनगढीमा आयोजना हुने चण्डीका ग्रुप लिटल फ्लावर प्रिमियर लिग– ५ को सहप्रायोजकको रुपमा डिस होम जोडिएको छ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा सञ्चालन हुने विद्यालय स्तरीय यु– १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सह– प्रायोजकको रुपमा डिस होम मिडिया नेटवर्क जोडिएको हो।
प्रायोजन सम्बन्धी सम्झौता पत्रमा डिस होमका तर्फबाट सेल्स अफिसर लक्ष्मीराज जोशी र आयोजक लिटल फ्लावर स्पोटर्स एण्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीका बीचमा हस्ताक्षर भएको छ।
डिस होम नेपालको एक मात्र डिटिएच सेवा प्रदायक हो। यसलाई डिस मिडिया नेटवर्क प्रालिद्वारा नियन्त्रित गरिएको छ।
प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको आयोजकले जनाएको छ। प्रतियोगिताको ट्रफि सार्वजनिक हुने दिनमा फागुन १४ गते धनगढीस्थित भेट्रान क्रिकेट खेलाडी र पत्रकार बिचमा मैत्रीपूर्ण क्रिकेट खेलपनि आयोजना हुनेछ।