सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बँदेलको आक्रमणबाट ३ जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन ३, ०४:०५ खबर संवाददाता

दार्चुला: दार्चुलामा बँदेलको आक्रमणबाट ३ जना घाइते भएका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मल्बावमा जङ्गली बँदेलको आक्रमणबाट ३ जना घाइते भएका हुन।

सोमबार बिहान गाउँ नजिकैको जङ्गलबाट बस्तीमा पसेको बँदेललाई धपाउने क्रममा १६ वर्षीय गोविन्द धामी, उनकी ७५ वर्षीया आमा धौली धामी, अन्दाजी २० वर्षीय अनिल धामीमाथि आक्रमण भएको स्थानीयले बताएका छन्।  

घाइते भएका धौली धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको गोकुलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागी कैलाली रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

त्यस्तै गोविन्दको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ भने अनिलको शंकरपुर स्वास्थ्य चौकीमा सामान्य उपचारपछि जिल्ला अस्पताल दार्चुला पठाइएको प्रहरीले जनाएको छ।

गाउँ पसेको बँदेललाई स्थानीय युवाहरुले मारेर प्रहरीलाई बुझाएको बताएका छन्।

कमेन्ट लोड गर्नुस