दार्चुलामा निर्माणाधिन नहरको पर्खाल भत्किँदा २ जनाको मृत्यु
दार्चुला: दार्चुलामा निर्माणाधिन नहरको पर्खाल भत्किँदा २ जनाको मृत्यु भएको छ।
शनिबार जिल्लाको अपिहिमाल गाउँपालिका–६ मज्जेमा निर्माणाधिन मज्जे खोला लघु जलविद्युत आयोजनाको पर्खाल निर्माण गर्ने क्रममा पर्खाल भत्किँएर २ जना कामदारको ज्यान गएको हो।
पर्खाल भत्किँदा मार्मा गाउँपालिका–१ पाकुका अन्दाजी ४५ वर्षीय बल्देव महरा र अपिहिमाल गाउँपालिका–६ मज्जेकी अन्दाजी ४० वर्षीया गोमती धामीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।
घटनाको थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको छ।
घटनाबारे विस्तृत विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।