सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रथम फारवेष्ट कप फुटबल प्रतियोगिता: कञ्चनपुरको शारदा राष्ट्रिय मावि विजेता

२०७७ फाल्गुन १, १२:१२ खबर संवाददाता

धनगढी: कञ्चनपुरको पुनर्वासमा आयोजित प्रथम फारवेष्ट कप आधारभूत तह विद्यालय स्तरीय पेनाल्टी शुट आउट फुटबल प्रतियोगितामा शारदा राष्ट्रिय मावि विजेता भएको छ । 

शुक्रबार सम्पन्न प्रतियोगितामा लालझाडी गाउँपालिका -१ नौरङ्गास्थित शारदा राष्ट्रिय माविको टिम विजेता भएको हो । प्रतियोगिताको उपविजेता पुनर्वास नगरपालिका -१० भिमवस्तीस्थित विजय माविको टिम बनेको छ ।

प्रतियोगिताको उपाधि जितेको टिमले नगद ११ हजार १ सय रुपैयाँ, ट्रफी मेडल र उपविजेता टिमले नगद ६ हजार ६ सय ६६ रुपैयाँ र ट्रफी पाएको छ । 

त्यस्तै उत्कृष्ट गोल रक्षक शारदा मावि नौरङ्गाका प्रविन कुँवर, उत्कृष्ट गोल स्कोरर ब्रिलिएण्ट स्टार इङ्लिस बोर्डिङ स्कुलका साजन तामाङ र उदयमान खेलाडी पुनर्वास पब्लिक स्कुलका रेमो तामाङ भएको आयोजकले जनाएको छ ।

आधारभूत तहका विद्यार्थीहरूको सहभागिता रहने गरि प्रतियोगिताको आयोजना गरिएको थियो भने प्रतियोगितामा कञ्चनपुरको पुनर्वास, लालझाडी र कैलालीको धनगढीका विद्यालय गरि जम्मा १५ वटा टिमको सहभागिता रहेको बताइएको छ । 


 

कमेन्ट लोड गर्नुस