सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा भलिबल प्रतियोगिता हुने

२०७७ माघ २४, १०:४७ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियाममा भलिबल प्रतियोगिता हुने भएको छ। 

आयोजक गोदावरी युवा क्लवले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन ८ गतेदेखि प्रतियोगिता सुरु हुने बताइएको छ। ‘गोदावरी कप खुल्ला भलिबल’  प्रतियोगितामा प्रथम हुने समूहले ५१ हजार नगद, ट्रफी र प्रमाण पत्र पाउने छ। दोस्रो हुने समूहले  २५ हजार नगद र प्रमाण पत्र पाउने छ। प्रतियोगितामा सेमिफाइनलमा पुग्ने २ समूहले नगद  ५/५ हजार पाउने छन्। 

वेष्ट खेलाडीलाई नगद  ५ हजार, ट्रफी र प्रमाण पत्र, वेष्ट डिफेन्डरलाई नगद  २ हजार, वेष्ट स्पाइकरलाई नगद २ हजार पुरस्कार दिइनने संयोजक मान बहादुर राईले बताए। खेलको मुख्य प्रायोजकको रुपमा गोदावरी नगरपालिका वडा नम्बर ४ रहने छ। प्रतियोगिता प्रदेशभरका १६ टिमको सहभागिता रहने आयोजकले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस