सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभ्याक्समार्फत् पहिलो चरणमा नेपालले साढे २२ लाखभन्दा बढी डोज खोप पाउने

२०७७ माघ २२, ०६:४९ खबर संवाददाता

काठमाडौं: नेपालले कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख ५६ हजार डोज कोरोना विरुद्धको खोप पाउने भएको छ।  

विश्व स्वास्थ्य सङ्गठनले बुधवार सार्वजनिक गरेको अन्तरिम वितरण पूर्वानुमानमा नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार जोड खोप पाउने उल्लेख गरिएको छ।

यो नेपालको जनसंख्याको करिब ३ दशमलव ३ प्रतिशत हो।  संगठनले यो खोप सन् २०२१ को पहिलो ६ महिनामा प्राप्त हुनसक्ने बताएको छ।  

सबै देशमा समानरूपमा कोरोना खोप उपलब्ध गराउने लक्ष्यसहित विश्व स्वास्थ्य सङ्गठन र खोपबारे पैरवी गर्ने अन्य समूहले सन् २०२० को अप्रिलमा कोभ्याक्स अभियान घोषणा गरेका थिए।  

कोभ्याक्स अभियान अन्तर्गत सन् २०२१ को अन्तिमसम्ममा विश्वभर २ अर्ब डोज खोप आपूर्तिको लक्ष्य संगठनले लिएको छ।

कमेन्ट लोड गर्नुस