प्रथम युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेडलाई
कञ्चनपुरः महेन्द्रनगरमा जारी प्रथम युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेडले हात पारेको छ।
घरेलु मैदान महेन्द्रनगरस्थित खुला मञ्चमा भएको फाइनल खेलमा कैलालीको पीएचए अत्तरियालाई पराजित गर्दै एक लाख पुरस्कार राशिको उपाधि महेन्द्रनगरले जितेको हो।
महेन्द्रनगर युनाइटेड क्लबको आयोजना र कञ्चनपुर जिल्ला फुटबल सङ्घ र सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको समन्वयमा भएको प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरी १६ वटा क्लब सहभागी भएका थिए।
फाइनल खेलको निर्धारित समयमा एकरएक गोलको बराबरीमा सकिएसँगै थपिएको समयमा पनि गोल हुन सकेन।
पेनाल्टीमा समेत चाररचार गोलको बराबरी भएको आयोजकले जनाएको छ। पेनाल्टीपछिको सटनबेथमा महेन्द्रनगर युनाइटेडले एक गोल गर्दै उपाधिमाथि कब्जा जमाएको आयोजकले जनाएको छ।
प्रतियोगितामा वेष्टकिपर महेन्द्रनगर युनाइटेडका आकाश बुढा, वेष्टस्कोरर महेन्द्रनगर युनाइटेडका कप्तान टेकेन्द्र थापा घोषित भएका छन् भने वेष्ट डिफेन्डर महेन्द्रनगरकै करन रावत घोषित हुनुका साथै वेष्ट मिड फिल्डर उपविजेता अत्तरीयाका कृष्ण तामाङ घोषित भएका छन्।
प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख नगद र उपविजेताले ५० हजार नगदसहित पुरस्कृत गरिएको आयोजक महेन्द्रनगर युनाइटेड क्बलका अध्यक्ष राजेश चन्दले बताए।
प्रतियोगिताका विजेता खेलाडीलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले पुरस्कृत गरेका थिए।