कैलालीको चिसापानीमा ‘बिच भलिबल’ हुने
धनगढी: कैलालीको चिसापानीमा ‘बिच भलिबल’ प्रतियोगिता आयोजना हुने भएको छ। एडभेन्चर रिसोर्टले चिसापानीमा बिच भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो।
सुदूरपश्चिममा खेल पर्यटनलाई विकास गर्ने ध्ययले ८८ वटै स्थानीय तहलाई समेट्नेगरि चिसापानीमा बिच भलिबल प्रतियोगिता आयोजना गरिने एडभेन्चर रिसोर्टका सञ्चालक तपेन्द्र रावलले बताए।
भलिबल खेल चैत्र १० देखि चैत्र १६ गतेसम्म खेलाइने र खेलसँगै साँस्कृतिक महोत्सव पनि सञ्चालन उनले बताए। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने जनाइएको छ।
प्रतियोगितामा सुदूरपश्चिमका सम्पूर्ण स्थानीय तहबाट एक÷एक टटा भलिबल टिमलाई सहभागि गराइने आयोजकको जनाएको छ।
नेपालमै पहिलोेपटक कर्णाली नदी किनारको बालुवामा हुने बिच भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख, द्वितिय हुने टिमलाई ५० हजार र तृतीयलाई २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।