सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७७ माघ २०, ०८:५५ रासस

काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ९४६ को स्वास्थ्य परीक्षण गर्दा ७१ महिला र १०० पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। 

योसँगै हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार २ सय ८९ पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप २५९ जना उपचारपछि निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६६  हजार ८५९  पुगेको छ। अहिले देशभर दुई हजार ४०० सक्रिय सङ्क्रमित छन्। उनीहरुमध्ये ९८ जना क्वारेन्टिनमा रहेका छन्। 

त्यसैगरी दुई हजार ४०० आइसोलेसनमा, ६८ जनाको आइसियु र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। हालसम्म नेपालमा २० लाख ७८ हजार ९८ जनाको पिसिआर परीक्षण भएको छ। 

थप एकको मृत्यु  

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ३० पुगेको छ भने पछिल्लो २४ घण्टामा थप एकले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस