सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमेली नेपाली समाज दिल्ली राज्य समितिको अध्यक्षमा भट्ट

२०७७ माघ २०, ०१:५८ खबर संवाददाता

धनगढी: भारतमा रहेको सुदूरपश्चिमेली नेपाली समाज दिल्ली राज्य समितिको अध्यक्षमा शम्भु भट्ट निर्वाचित भएका छन्।

यस्तै उपाध्यक्षमा प्रसाद क्षेत्री, परमानन्द भट्ट र लोकेन्द्र रोकाया निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा गणेशदत्त भट्ट, सह–सचिवमा डिएन कपाडी, कोषाध्यक्षमा जयराज भट्ट, सह–कोषाध्यक्षमा चन्द्र साउद र महिला संयोजकमा दुर्गा(कृती)साउद तथा सानु शाही निर्वाचित भएका छन्। 

यस्तै राज्य समिति सदस्यहरुमा लोकेन्द्र बुढा, लालबहादुर साउद, महेश भट्ट, सुनिता आग्री, बलबहादुर रावत, रतन कुमार सिँह, अर्जुन रावत, मेघसिंह साउद, डबल रोकाया, चन्द्रदेव भट्ट, केडी भट्ट, पदमराज भट्ट, रविन्द्र प्रकाश भट्ट, राजेश भट्ट चयन भएका छन्। 

यस्तै समाजको सल्लाहकार समितिमा रामजन थापा, वसन्त शिलाल, शंकर भट्ट र कैलाश ऐडी चयन भएका छन्। 

कमेन्ट लोड गर्नुस