यू–१६ राष्ट्रिय क्रिकेटमा धनगढी विजयी
धनगढी: भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल यू–१६ राष्ट्रिय क्रिकेटमा सोमबार धनगढी क्रिकेट एकेडेमीले स्टार क्रिकेट एकेडेमीलाई ७ विकेट पराजित गरेको छ।
सिद्धार्थ रंगशालामा टस जितेको स्टारले निर्धारित १५ ओभरमा ७ विकेट गुमाई ९६ रन बनायो। सागर कुँवर ४३ र नितिन छन्त्यालले २० रन बनाए। धनगढीका रजत राना र नीरज ऐरले २–२ विकेट लिए।
जवाफमा धनगढीले १४.३ ओभरमा ३ विकेट गुमाएर ९९ रन जोड्दै जित हासिल गर्यो। टोलीका सन्दीप विष्टले ६४ र पुष्पराज उपाध्यायले १७ रन बनाए।
स्टारका अलदीप कुँवर र राजनकुमार भुजेलले १–१ विकेट लिए। सन्दीप विष्ट म्यान अफ द म्याच भए।