धनगढीका कराते खेलाडी धानुकले जिते स्वर्ण पदक
धनगढी: अन्तर्राष्ट्रिय कराते खेलाडी जगतसिंह धानुकले वल्ड भर्चुअल कराते च्याम्पियनसिपमा स्वर्ण पदक प्राप्त गरेका छन्।
भारतको गणतन्त्र दिवसको अवसरमा आयोजना भएको च्याम्पियनसिपमा धानुकले स्वर्ण जितेका हुन्।
उनले पुरुषको १९ देखि २१ वर्षसम्मको एडभान्स व्यक्तिगत काता प्रतिस्पर्धामा स्वर्ण जितेका हुन्।
२० राष्ट्रका खेलाडीहरुले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा नेपाली खेलाडीहरुले ४ स्वर्ण, २ रजत र ३ कास्य पदक प्राप्त गरेका छन्।
धनगढी कराते एकेडेमीका खेलाडी धानुकले यसअघि पनि धेरै प्रतियोगिताहरुमा स्वर्ण पदक प्राप्त गरिसकेका छन्।