सुदूर नेपाललाई विश्वसँग जोड्दै

एलपिएल–५ को म्यान अफ द म्याच गुरु जी सटिङ्ग एण्ड सुटिङ्गद्धारा प्रायोजन

२०७७ माघ १८, ०८:२८ खबर संवाददाता

धनगढीमा फागुन १४ गते देखि २४ गतेसम्म आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ को म्यान अफ द म्याचलाई गुरु जी सटिङ्ग एण्ड सुटिङ्गले प्रायोजन गरेको छ। 

संघीय प्रहरी इकाई कार्यायलको खेलमैदानमा सञ्चालन हुने विद्यालय स्तरीय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सह–प्रायोजकको रुपमा धनगढी स्थित गुरु जी सटिङ्ग एण्ड सुटिङ्ग जोडिएको आयोजकले बताएको छ।  

गुरु जी सटिङ्ग एण्ड सुटिङ्गले चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ का प्रत्येक खेलका  म्यान अफ द म्यानको नगद तथा ट्रफी वाफतको रकम दिने भएको हो। प्रायोजन सम्बन्धी सम्झौता पत्रमा गुरु जी सटिङ्ग एण्ड सुटिङ्गका सञ्चालक सतिश जोशी र आयोजक लिटल फ्लावर स्पोटर्स एण्ड ईभेन्ट्स प्रा.लि.का अध्यक्ष रामचन्द्र शाहीका बीचमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

गुरु जी सटिङ्ग एण्ड सुटिङ्गका सञ्चालक सतिश जोशीले क्रिकेट प्रतियोगितामा जोडिएर सामाजिक उत्तरदायित्व बहन गरेको बताए। उनले व्यवसाय क्षेत्रतिर अग्रसर भईरहेको अवस्थामा क्रिकेटको जग बसाल्ने कार्यक्रममा सहयोग गरेको बताउँदै सबै जनालाई सहयोग गर्न आग्रह गरे। 

चण्डिका गु्रप लिटल फ्लावर प्रिमियर लिग– ५ को मुख्य प्रायोजक टिकापुरमा रहेको चण्डिका ग्रुप रहेको छ। प्रतियोगिताको उप–विजेता पुरस्कार रकम धनगढी उत्तरवेहडी स्थित गुरुकुल एकेडेमीले प्रायोजन गरेको छ। प्रतियोगितामा हस्पीटालिटी पार्टनरको रुपका ईमेज होटेल प्रालिले साथ दिएको छ। 

प्रतियोगितामा सहप्रायोजकको रुपमा हिमालयन ह्वाईट हाउस इन्टरनेसनल कलेज तिनकुने काठमाडौं, मृग गार्मेन्ट उद्योग चटकपुर  धनगढी, जोशी अप्टीकल एण्ड आई केयर सेन्टर धनगढी, ओयसिस होटेल म्यानेजमेन्ट कलेज धनगढी चटकपुर, अमेरीका निवासी समाजसेवी जयन्ती थापा, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, दहाल पुस्तक पसल धनगढी, नेप्स कफी एण्ड फुड प्रडक्ट प्रालि चितवन, दिपेश  ईन्फोसिस धनगढी, एडभेन्चर वेस्ट होलिडेज धनगढी, रोज कलेक्सन वमेन्स वयर धनगढी कैलालीले साथ  दिएको छ। 

प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको आयोजकले जनाएको छ। प्रतियोगिताको ट्रफी सार्वजनिक हुने दिनमा फागुन १४ गते धनगढी स्थित भेट्रान क्रिकेट खेलाडी र पत्रकार बिचमा मैत्रीपूर्ण क्रिकेट खेल पनि  आयोजना हुनेछ। 
 

कमेन्ट लोड गर्नुस