शुक्रबार सुदूरपश्चिममा ७७ नमूना परीक्षण, थप ३ जनामा कोरोना पुष्टि
धनगढी : सुदूरपश्चिममा ७७ जनाकोे नमूना परीक्षण गर्दा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५६ जनाको नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा ७ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १४ जनाको नमूना परीक्षण गर्दा १÷१ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय १३ पुगेको छ ।