सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बिहानैदेखि बाक्लो हुस्सु

२०७७ माघ १६, ०८:३१ खबर संवाददाता

धनगढीः धनगढीमा शुक्रबार बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। बाक्लो हुस्सुका कारण अन्य दिनको तुलनामा चिसो महसुस गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले धनगढीसहित तराईका केही स्थानमा बिहानैदेखि बाक्लो हुस्सु र शितलहर लागेको जनाएको छ। 

यस्तै शुक्रबार सुदूर पहाडका उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना पनि रहेको पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। 

कमेन्ट लोड गर्नुस