सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिटल फ्लावर प्रीमियर लिगका उत्कृष्ट खेलाडी पुरस्कार प्रयोजकमा रोज कलेक्सन जोडियो

२०७७ माघ १५, ०२:४३ खबर संवाददाता

धनगढी : आगामी फागनु १५ गतेदेखी २४ गते सम्म सञ्चालन हुने पाँचौ संस्करणको चण्डिका ग्रुप  एलपिएल क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुको पुरस्कार राशीको प्रायोजन धनगढीमा रहेको  रोज कलेक्सनले गर्ने सहमति भएको छ। 

उत्कृष्ट खेलाडी  पुरस्कार राशीको प्रयोजन गर्ने विषयमा लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र रोज कलेक्सनका प्रो.प्राइटर रोशन विक्रम शाही विच आज सम्झौता भएको हो। प्रतियोगिता अवधि भरी विभिन्न विधामाका उत्कृष्ठ हुने खेलाडीलाई दिईने पुरस्कार र ट्रफि बापतको रकम रोज कलेक्सनले आयोजक लाई उप्लब्ध गराउने सहमती भएको लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्टसका अध्यक्ष रामचन्द्र शाहीले बताए। 

प्रतियोगिताको मुख्य प्रयोजक चण्डिका ग्रुप रहेको छ भने दोश्रो पुरस्कार राशीको प्रायोजन गुरुकुल एकेडेमीले गर्ने सहमती यसअघि भइसकेको अध्यक्ष शाहीले बताए। प्रतियोगिता सङ्ग जोडिन पाउँदा आफुलाई खुसी लागेको रोज कलेक्सनका प्रोप्राईटर रोशन बिक्रम शाहीले बताए।

लिग कम नक आउट फर्म्याटमा खेलाइने प्रतियोगिता धनगढी स्थित संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा सञ्चालन हुने छ।

प्रतियोगितामा सहभागी  विद्यालय टिमबाट कक्षा १० सम्म पढ्दै गरेका ११ जना खेलाडी तथा ३ जना १९ वर्ष मुनीका रास्ट्रीय स्तरका  खेलाडीलाई सहभागि गराउन पाइने व्यवस्था गरिएको छ। प्रतियोगितामा देशभरका १२ विद्यालयले सहभागिता जनाउने छन्।
 

कमेन्ट लोड गर्नुस