जन्मदिनको अवसरमा धनगढीकी निसाले गरिन मानव सेवा आश्रमलाई सहयोग
२०७७ माघ १२, ०५:०२
धनगढी: जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–५ निवासी मोहनराज कापडी र चन्द्रकला कापडीकी छोरी निसा कापडीले आश्रमलाई सहयोग गरेकी हुन।
उनले १ कट्टा चामल, १ पेटी चाउचाउ र चकलेट प्रदान गरेको आश्रमले जनाएको छ।
कमेन्ट लोड गर्नुस