बाजुरामा जीप दुर्घटना
बाजुरा: बाजुरामा जीप दुर्घटना भएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
सोमबार बिहान खप्तड छेडेदह गाउँपालिका–२ मयागडामा जीप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
गाडी सडकमै पल्टेकाले धेरै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
दुर्घटना सम्बन्धी विस्तृत विवरण आउँ बाँकी रहेको प्रहरीले जनाएको छ।