सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ब्राउन सुगरसहित एक जना पक्राउ

२०७७ माघ १२, १२:२८ खबर संवाददाता

धनगढी : कैलालीमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

सोमबार अत्तरियामा रहेको सार्थक प्यालेस होटलबाट २४.५४ ग्राम ब्राउन सुगरसहित बैतडीका २८ वर्षीय पुरन कोटारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले कोटारीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

उनका अनुसार कोटारीबाट लागुऔषधका साथै नगद ७० हजार १७ रुपैयाँ र दुई थान मोबाइल पनि बरामद गरिएको छ ।

उनलाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता विष्टले बताएका छन् ।

कमेन्ट लोड गर्नुस