संसद् विघटन विरुद्ध धनगढीमा दलित मुक्ति संगठनको प्रदर्शन
धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमको विरोधमा दलित मुक्ति संगठन कैलालीले धनगढीमा प्रदर्शन गरेको छ।
सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक हर्कत’ विरुद्ध नेकपा निकट मुक्ति संगठनले आइतबार धनगढीमा र्यालीको आयोजना गरेर विरोध जनाएको हो।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए। लगत्तै भण्डारीले प्रतिनिधिसभा भंग भएको घोषणा गर्दै मध्यावधिक निर्वाचनको मिति समेत घोषणा गरेकी थिइन्।