सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश २ माथि सुदूरपश्चिमको जित

२०७७ माघ ११, ०३:०६ खबर संवाददाता

काठमाडौंः सुदूरपश्चिम प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह चरणको अन्तिम खेलमा प्रदेश २ लाई सुदूरपश्चिमले ३ विकेटले पराजित गरेको हो।

प्रदेश २ ले दिएको १ सय ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो।

प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो जित हो। यसअघिका ३ खेलमा अंक जोड्न नसकको सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ।

प्रदेश २ को यो तेस्रो हार हो। आजको हारसंगै प्रदेश २ पनि प्रतियोगिताबाट बाहिरिएको छ।
 

कमेन्ट लोड गर्नुस