सुदूर नेपाललाई विश्वसँग जोड्दै

भगवान कृष्णलाई भेट्न छतबाट हाम्फालिन् यी महिलाले

२०७७ माघ ११, ०२:३१ खबर संवाददाता

काठमाडौं:  एक रुसी महिलाले शनिबार राति छतबाट हाम्फालेर आत्महत्या गरेकी छन्।

भारतको उत्तर प्रदेशमा रहेको मथुरामा रहेको रसियन बिल्डिङ भनी प्रख्यात वृन्दावनधाम अपार्टमेन्टबाट हाम्फालेर उनले ज्यान गुमाएकी हुन। 

४० वर्षीया तान्या हेमोलोसकियाले साँझ लगभग सात बजे आत्महत्या गरेकी प्रहरी अधीक्षक मार्तण्ड प्रकाश सिंहले बताएका छन्। 

ती रुसी महिला भगवान् श्रीकृष्णको प्रेममा थिइन् र उहाँसँग भेट्ने चाहना राखेर छतबाट हाम्फालेको बताइएको छ। 

उनी धेरै वर्षदेखि रसियन बिल्डिङमा बसेर कृष्णभक्ति गरिरहेकी थिइन्। भगवानसँग भेट्ने तीव्र चाहना रहेको उनी स्थानीयहरूलाई बताउने गर्थिन्। 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस