सुदूरपश्चिममा शनिबार १ जनामा कोरोना पुस्टि
धनगढी : सुदूरपश्चिममा शनिबार १ जनामा कोरोना पुस्टि भएको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ४३ जनाकोे नमूना परीक्षण गर्दा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४३ जनाको नमूना परीक्षण गर्दा थप १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए । प्रदेशका अन्य प्रयोगशालामा भने परीक्षण गरिएको छैन ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार २ सय ७८ पुगेको छ । संक्रमण पुष्टि भएका मध्ये १२ हजार ४ सय ७१ जनाले कोरोना जितेका छन् भने ७४ जनाको मृत्यु भइसकेको छ।