गहुँ बाली भित्राएपछि केही समय बाँझै रहने जमिनमा यसरी गरौँ मुङ खेती
तराईका जिल्लाहरुमा गँहु वाली भित्र्याउने क्रम लगभग सुरु भइसकेको छ । गँहु बाली भित्राएपछि रोपाइ नहुदा सबै किसानको जमिन प्रायः बाझै रहन्छ । तर यो समयमा झन्डै अढाई महिना सम्म बाँझै रहने जमिनमा कोसेबाली अन्र्तगतको मुङ खेति गरेर मनग्य आम्दानी गर्न सकिने कृषि विज्ञले बताएका छन ।
जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले गँहुबाली भित्र्याएपछि अढाइ महिना सम्म बाँझै रहने जमिनमा मुङ खेती गरि मनग्य आम्दानी लिन सकिने बताए ।
चैत्र पहिलो सातादेखी बैशाख अन्तीम सम्मको समय मुङ लगाउने उपुक्त सिजन भएको र यो ७०÷८० दिनमै तयार हुने यो बालीलाई ४÷५ पटक सम्म टिप्न सकिन्छ । गँहु बाली काटेपछि र रोपाई सुरु हुने बेला सम्म यो खेती गर्न सकिने जोशीको भनाई छ । मुङ न्युन लगानीमा मनग्य आम्दानी लिन सकिने खेती पनि हो ।
किसानको आर्थिक स्तर सुधार गर्नका साथै मुङले माटोको उर्वरा शक्ति समेत बढाउछ । मुङको कोसा टिपिसकेपछि खेतमा बाँकी रहेने त्यसको नलले प्रांगारीक मलको राम्रो फाईदा दिने भएकोले पनि यसको महत्व अझ बढी रहेको कृषि बिज्ञहरु बताउछन ।
मुङको नलबाट प्राप्त हुने मलले धानको उत्पादन समेत निकै बढाउने भएकोले मुङ खेती गरेर दोहोरो आम्दानी लिन सुझाव वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीको छ । मुङले हरियो मलको काम समेत गर्ने हुदा कोसाहरु टिपेछि बोट काट्नुहुदैन् । मुङ खेतीमा किरा लाग्ने सम्भावना प्रवल रहन्छ ।
तर हामीले नहतारिकन बाली उम्रिएको १५÷२० दिनपछि किटनाशक औषधी छर्केमा किराको प्रकोप हटाउन सकिन्छ । मुङका लागि एक कठ्ठा जमिनमा बढिमा डेढ किलो बिउ लाग्छ ।
अहिले मुङको दालको माग बढेकोले प्रतिकिलो अधिकतम १ सय २० रुपैया सम्ममा बिक्रि भइरहेको छ भने एक कठ्ठा जमिनमा न्युनतम ४० किलो मुङ उत्पादन ह’न्छ । त्यसैले गँहु काटिसकेपछि रोपाई सम्म बाँझो रहने जमिनमा तपाई पनि मुङ खेती गरेर मनग्य आम्दानी लिनुहोला ।