सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकता क्लबद्वारा धनगढीमा सरसफाई

२०७७ माघ १०, ०३:४४ खबर संवाददाता

धनगढी: एकता क्लबले धनगढीमा सरसफाई कार्यक्रम गरेको छ।

शनिबार उप–महानगरपालिकाको वडा नम्बर ३ मा रहेको बाबा मन्दिरको घाटमा सरसफाई गरिएको हो।  

सोही वडाको उक्त क्लबले घाटको फोहर सफा गरेर व्यवस्थापन गरेको छ। 

उक्त स्थानमा विवेकशील साझा पार्टीको सरसफाई गर्ने योजना रहेको तर टोली पुग्नु अगावै सरसफाई भइसकेकाले पार्टीले एकता क्लब प्रति अभार प्रकट गरेको छ। 

कमेन्ट लोड गर्नुस